काठमाडौँ। नेपाली चलचित्र ‘लप्पन छप्पन २’को प्रदर्शन मिती पुन: सारिएको छ। फागुन १३ गतेबाट प्रदर्शनमा आउने भनिएको चलचित्र २० फागुनमा प्रदर्शनमा आउने भएको छ। नेपाल चलचित्र संघले १३ फागुनमा ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शनमा ल्याउने भएपछि ‘लप्पन छप्पन २’को मिती सारिएको निर्माण पक्षले बताएको छ।
मुकुन्द भट्टको निर्देशन रहेको चलचित्रमा शिव श्रेष्ठ, सौगात मल्ल, अनुपविक्रम शाही, अर्पण थापा, शक्ति श्रेष्ठ, प्रकाश कुँवर, स्व.दीपक क्षेत्री, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट, केरोलिन कोलिन्डा आदि कलाकारहरुको अभिनय रहेको छ।
चलचित्र गोल्डेन हिल्स पिक्चर्स, रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेसन अस्ट्रेलिया, उमी ग्रुप र म्याक मिडियाको ब्यानरमा निर्माण भएको हो। त्यसैगरि चलचित्रको कार्यकारी निर्मातामा सुरज अधिकारी र प्रजापति शिवाकोटी रहेका छन् भने चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मलकुमार मिश्र र सन्तोष चन्द्र निर्माता,पुरुषोत्तम प्रधान छायाँकार र मिलन श्रेष्ठ सम्पादक रहेका छन्।