इटालीमा अमेजन र एप्पललाई २० करोड यूरो जरिवाना गरिने

एजेन्सी। इटालीको बजार अनुगमनकारी संस्थाले अमेरिकी प्रविधि कम्पनी अमेजन र एप्पलमाथि २० करोड यूरो (२२.५ करोड अमेरिकी डलर) जरिवाना लगाएको छ।

इटालीले एप्पल र बिट्सका उत्पादनलाई आधिकारिक तथा अनाधिकारिक रूपमा विक्री गर्ने बिक्रेताहरूलाई उक्त जरिबाना गरेको हो। इटालियाली यस संस्थाले एप्पललाई एउटा सम्झौतामा अनियमितता गरेको आरोपमा १३ करोड ४५ लाख यूरो र अमेजनलाई छ करोड ८७ लाख यूरो तिर्ने निर्देशन दिएको हो।

“एप्पल र बिट्स उत्पादनको आधिकारिक र अनौपचारिक  विक्रेतालाई तत्कालका लागि अमेजनमार्फत् काम गर्न पनि रोकेको छ। इटालीको बजारमा ती उत्पादनहरूको बिक्रीलाई केवल अमेजन र चयन गरिएका पक्षहरूलाई भेदभावपूर्ण ढंगमा अनुमति दिएको पुनः विक्रेतामाथि आरोप लागेको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×