अछाम १ मा ओलीविरुद्ध नाराबाजी सहित एमाले उम्मेदवार बोहोरालाई कालोझण्डा

अछाम - अछाम १ बाट एमालेका नेता भीम रावलका समर्थकले पार्टीका प्रतिनिधिसभा सदस्यका उम्मेदवार झपट बोहोरालाई कालोझण्डा देखाएका छन्। रावलका समर्थकले आइतबार प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी मनोनयन दर्ता गराउन जाँदा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी समेत गरेका हुन्।

भीम रावलको ठाउँमा बोहोरालाई टिकट दिइएपछि उनीहरुले  ‘नेकपा एमाले जिन्दावाद, केपी ओली मुर्दावाद’को नारा लगाएका थिए। अछाम १ बाट प्रतिनिधिसभा सदस्यका लागि एमाले नेता भीम रावल एकल सिफारिस भएका थिए। तर, अध्यक्ष ओलीले बोहोरालाई टिकट दिएपछि एमाले अछाममा विद्रोह भएको छ। एमाले अछामका ४० जनाले राजीनामा समेत दिएका छन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×