बाघको छाला र अवैध लागूऔषध चरेशसहित तीन जना पक्राउ

कैलाली - धनगढी उपमहानगरपालिका–४ सहिद गेटस्थित जुमेरा होटलबाट ७ फिट ६ ईन्च लम्बाई, १ फिट १० ईन्च चौडाई भएको बाघको छाला १ थान र अवैध लागूऔषध चरेश ६ किलो ७ सय ४० ग्रामसहित ३ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बैतडी मेलौली नगरपालिका–३ बस्ने २४ वर्षीय करन चन्द, बाजुरा गौमुल गाउँपालिका–१ बस्ने २६ वर्षीय धन कृष्ण रोकाया र बुढिगंगा नगरपालिका–१० बस्ने ३० वर्षीय हेम राज जैशी रहेका छन् ।

विशेष सूचनाको आधारमा प्रदेश प्रहरी कार्यालय धनगढी, लागूऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगर र वडा प्रहरी कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उक्त होटलमा तलासी गर्ने क्रममा उनीहरूलाई उक्त छाला र लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको  छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×