बागलुङमा गरिबसँग ऋृषिराम कार्यक्रम सञ्चालन

बागलुङ । बागलुङ नगरपालिकाले आफ्ना संस्थापक नगर प्रमुखका स्मृतिमा गरिबसँग ऋृषिराम कार्यक्रम सञ्चालन र स्मृतिद्वार निर्माण गरेको छ ।

बागलुङ नगरको पहिलो जननिर्वाचित नगरप्रमुख  ऋषिराम शर्मा थिए।  उनको अर्धकदको शालिक तथा  स्मृतिद्वार निर्माण गरेको नगरप्रमुख प्रमुख जनकराज पौडेलले जानकारी दिए । नगरपालिकाले नगरका असहाय र विपन्नलाई सहयोग गर्नै उद्देश्यले ‘गरिबसँग ऋषिराम कार्यक्रम’ अन्तर्गत करिब रु एक करोडको  अक्षय कोष स्थापना गरेको छ ।

आर्थिक वर्ष २०७५÷७६ को रु पाँच लाख र आर्थिक वर्ष २०७६÷७७ मा विनियोजित रु छ लाख र स्थानीयको रु दुई लाख बराबरको श्रमदानमा गरी रु १३ लाखको लागतमा स्मृतिद्वार निर्माण गरिएको बागलुङ नगरपालका इन्जिनियर गौरव शर्माले जानकारी दिए । विसं २०५४ देखि ५९ सम्म जननिर्वाचित पहिलो नगरप्रमुख भएर शर्माले बागलुङ नगरवासीका लागि ऐतिहासिक योगदान गर्न सफल भएको जनाउँदै उनको स्मृति तथा सम्मानमा बागलुङ नगरपालिका–४, कुडुँलेको तिरुपती चोकमा स्मृतिद्वार निर्माण गरिएको हो ।

    “नगरको संस्थागत विकासका लागि उहाँले अगाडि सारेका योजना निकै दूरदर्शी पाइयो, उहाँले विकास निर्माण शुरुगरेको स्थानमै स्मृतिद्वार निर्माण गरिएको हो,” नगरप्रमुख पौडेलले भन्नुभयो, “उहाँको बहुआयामिक योगदानको नगरले सधैँ स्मरण गर्न पाइयोस् भनेर उहाँले  नगरपालिकाको चक्रपथको सुरुआत गरेको स्थानमा नै स्मृतिद्वार निर्माण गरेका हौँ ।”

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×