प्लानिङ ब्वाइज युनाइटेड ‘सी’ डिभिजन लिगको शीर्ष स्थानमा

काठमाडौँ - समाज कल्याण खेलकुद केन्द्रलाई ४–० ले हराउँदै प्लानिङ ब्वाइज युनाइटेड सहिद स्मारक ‘सी’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार भएको खेलमा १९ औं मिनेटमा फागुराम थारूले प्लानिङलाई सुरुवाती अग्रता दिलाएका थिए। ४१ औं मिनेटमा प्रतापसिंह राईले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए।

६८ औं मिनेटमा विपिन पराजुलीले आत्मघाती गोल गरेपछि प्लानिङले ३–० ले अघि बढेको थियो। ८१ औं मिनेटमा अर्जुनकुमार रानाले गोल गरेपछि प्लानिङले ४–० को फराकिलो जित हासिल गरेको हो।  

जितसँगै १२ खेलमा २८ अंक जोडेको प्लानिङ अन्तिम खेल जितेको खण्डमा ‘बी’ डिभिजनमा बढुवा हुनेछ। पराजित समाज कल्याण समान खेलबाट १५ अंकका साथ सातौं स्थानमा रहेको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×