दाङको फूलबारीमा फोरजी टावर

दाङ - दाङको तुलसीपुर उपमहानगरपालिका–१३ फूलबारीमा निर्माण गरिएको टेलिकमको टावर  सञ्चालनमा आएको छ। फोरजी टावरको शुभारम्भ गर्दै राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा ‘अपार’ले फूलबारी दाङको विकट क्षेत्र भए पनि ऐतिहासिक तथा पर्यटकीय हिसाबले उपयुक्त भएको बताए। 

यसअघि  त्यहाँ टेलिकमको टावर नहुँदा फोनको समस्या हुन्थ्यो। फोन गर्न डाँडकाँडा  पुग्नुपर्थ्यो। अब भने घर–घरबाटै फोन गर्न सकिने स्थानीय अगुवा दीपशिखा घर्तीले बताए। फूलबारी तुलसीपुर विकट वडाका रूपमा लिइन्छ। त्यहाँ दुई वर्षअघि  टेलिकम टावर निर्माण पूरा भएको थियो।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×