काठमाडौं । राष्ट्रियसभाको बैठक पुस २५ गते बस्ने भएको छ। पुस ५ गते बसेकाे बैठकले अनिश्चित कालका लागि स्थगित गरेकाे राष्ट्रियसभाकाे बैठक यही पुस २५ गते बस्ने भएकाे हाे ।
संघीय संसद्का महासचिव भरतराज गौतमले जारी गरेको सूचनामा राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले बैठक यही २५ गते निर्धाणरण गरेकाे जनाइएकाे छ ।