काठमाडौँ - नेपालको इतिहासमा पहिलो पटक क्यारेम खेललाई राष्ट्रिय स्तरमा आधिकारिकता प्रदान गराउने कार्य सम्पन्न भएको छ।
अल नेपाल क्यारेम एशोसिएसनले राष्ट्रिय स्तरका ८० प्रतिस्पर्धीहरूबाट प्रथम,दोस्रो र तेस्रो क्रमश अशोक तामाङ, विशेष ढकाल, करण मगर, कविन सुनुवार,शेराज अंसारी, क्रान्ति रावल खेलाडीहरू छनोट गर्दै राष्ट्रिय खेलाडीहरू छनोट प्रक्रिया समापन गरेको छ।
अक्टोबर २०२२ मा हुन गैरहेको विश्व कप क्यारेम खेलमा नेपालको प्रतिनिधित्व हुने गरि नेपालका राष्ट्रिय स्तरका खेलाडीहरूलाई विश्व कप क्यारेम प्रतियोगितामा भाग लिनका लागि विदेश लैजाने तयारी थालेको छ।
अल नेपाल क्यारेम एसोसिएसनद्वारा आयोजित नेपालमा पहिलो पटक राष्ट्रिय क्यारेम च्याम्पियनसिप कार्यक्रम गत साउन १३,१४ गते राष्ट्रिय टेबल टेनिस हल लैनचौर काठमाडौँमा सम्पन्न भएको थियो। कार्यक्रमका प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज तथा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, फाउण्डेशनका अध्यक्ष सुरेन्द्र ढकाल लगायतको आतिथ्यमा कार्यक्रम उद्घाटन भएको थियो।
समापन कार्यक्रम खेलमा विश्व कप क्यारेम एसोसिएसनका महासचिव विवेक देश नारायण ,बंगाल स्टेट सिलिगुडी भारतका राष्ट्रिय खेलाडी दुर्जेय धोश, डिस्टिक क्यारेम एसोसेसन पश्चिम बंगालका सचिव संजिव धोस लगायतले कार्यक्रम समापन तथा पुरस्कार वितरण गरेका थिए।
विश्व कप क्यारेम एसोसिएसनका महासचिव विवेक देश नारायणले खेलाडीहरूले क्यारेम खेलमा आफ्नो उच्च मनोबलका साथ विश्व कपमा नेपालले उतक्रिष्ट नतिजा ल्याउनेमा आफु आशावादी रहेको धारणा व्यक्त गरेका थिए।
अल नेपाल क्यारेम एसोसिएसनकी अध्यक्ष विनिता अर्यालले अन्तर्राष्टिय विश्व कप क्यारेममा नेपालको तर्फबाट विश्व कपमा सहभागी हुने नेपाली खेलाडीहरूलाई बधाई तथा शुभकामना दिएकी थिइन्।