लामो समयपछि बागमती प्रदेश सभा बैठक बस्दै

काठमाडौँ - साढे दुई महिनापछि बागमती प्रदेश सभा बैठक बस्न लागेको छ। गत पुस ८ मा बैठक गरेर स्थगित गरिएपछि अर्को बैठक बोलाइएको थिएन।

प्रदेश सभा सचिवालयका अनुसार अब फागुन २९ मा प्रदेश सभा बैठक बस्ने तयारी छ। सचिवालयले बुधबार जारी गरेको सूचनामा फागुन २९ मा प्रदेश सभा बैठक बोलाइएको उल्लेख छ। फागुन १६ का लागि प्रदेश सभा बैठक बोलाइए पनि स्थगित गरिएको थियो।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×