चट्याङ लागेर एक बालिकाको घटनास्थलमै मृत्यु

कैलाली । कैलालीमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका–९ उत्तर पूर्वा बस्ने लाल सिंह बिकको १५ वर्षीया छोरी ममता बिकको सोमबार साँझ चट्याङ लागर मृत्यु भएको हो ।

उनको पसलबाट घर फर्कने क्रममा चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष हरिसचन्द्र शाहले जानकारी दिए । मृतक बालिका कालिका माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत रहेको जनाइएको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×