६ जेठमा रिलिजका लागि ‘सम्झना विर्सना’ ले बढायो प्रचार

काठमाडौँ - जेठ ६ गतेबाट प्रदर्शन हुने फिल्म ‘सम्झना विर्सना’ ले भने प्रचार प्रसार बढाउँदै लगेको छ। चुनावी माहोल जेठ ६ सम्म सकिने र फिल्मले दर्शक पाउने विश्वासका साथ निर्माण युनिटले प्रचार प्रसार बढाएको हो।

फिल्म रिलिजका लागि सम्पूर्ण तयारी पुरा भइसकेकाले ‘सम्झना विर्सना’ जेठ ६ मै लाग्ने बितरक रोहित कट्टेले बताएका छन्। उनले फिल्मले राम्रो दर्शक पाउने विश्वास पनि व्यक्त गरेका छन्। 

‘सम्झना विर्सना’ मा आकाश श्रेष्ठ र पूजा शर्मा, शिशिर राणा, छुल्ठिम गुरुङ लगायतको अभिनय देख्न सकिन्छ। आदित्य प्रधान र रेविका प्रधान निर्माता रहेको यो फिल्म सिलगुडी, दार्जलिङ्ग र सिक्किममा छायांकन गरिएको छ। प्रेमी जोडीहरु बीच हुने बिबिध आरोह अबरोहलाई प्रस्तुत गरिएको फिल्मलाई निमेष प्रधानले निर्देशन गरेका हुन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×