झापा । झापाको भद्रपुर नगरपालिकामा गए राति मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ ।
मे १० प ४४१९ नंबरको मोटरसाइकलले ठक्कर दिँदा ७७ वर्षीय जेष्ठ नगरिक जगतबहादुर कार्कीको मृत्यु भएको हो । प्रहरीका अनुसार दुर्घटनाबाट गम्भीर घाइते भएका कार्कीको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । भद्रपुर स्थित ओम साई पाथीभरा अस्पतालमा उनी उपचाररत थिए । घटनामा संलग्न मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका माधवप्रसाद राजवंशी कचनकवल-७ निवासी हुन् ।