निर्वाचन आयुक्तमा प्रस्तावित प्रधानको सुनुवाइ आज

काठमाडौं । यौन दुर्व्यवहारको उजुरी परेका निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानको संसदीय सुनुवाइ आज हुने भएको छ ।

निर्वाचन आयोगको आयुक्तका लागि प्रस्तावित प्रधानको यौन दुर्व्यवहारको उजुरी परेको थियो । सुनुवाइ समितिले उजुरीकर्तासँग छलफल गरिसकेपछि प्रधानको सुनुवाइ रोकिएको थियो ।

संसदीय सुनुवाइ समितिले प्रधानको सुनुवाइ आज दिउँसो १ बजेबाट हुने जनाएको छ ।

संवैधानिक परिषदले असार २ गते नै प्रधानलाई निर्वाचन आयुक्तमा नियुक्त गर्न सिफारिस गरेको थियो ।

प्रधानको संसदीय सुनुवाइका लागि असार २० र २१ गतेलाई मिति तोकिएको थियो । तर, उनीविरुद्ध उजुरीमाथि छलफल गर्नुपर्ने भन्दै समितिले सुनुवाइ रोकेको थियो ।

गत असार २ गते बसेको संवैधानिक परिषदको बैठकले प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा नियुक्त गर्न सिफारिस गरेको थियो । उक्त सिफारिसको पत्र परिषदले असार ४ गते सुनुवाइ समितिमा पठाएको थियो ।

पत्र प्राप्त भएको मितिले ४५ दिन भित्र प्रधानको सुनुवाइ भइसक्नुपर्छ । अन्यथा, स्वतः नियुक्त हुन सक्ने व्यवस्था संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावलीमा छ ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×