दाङ – लुम्बिनी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य भएको छ।
प्रदेश प्रमुख अमिक शेरचनले गए राति १२ बजेदेखि लागू हुने गरी प्रदेश सभाको चालु दशौँ अधिवेशन अन्त्य गरेका हुन्। नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम अधिवेशन गरिएको हो। लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम ३ उपनियम (३) बमोजिम प्रदेशसभा सचिवालयले सदस्यलाई अधिवेशन अन्त्य भएको जानकारीका लागि सूचना प्रकाशित गरेको सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए।