सप्तरी। सप्तरीको सप्तकोशी नगरपालिकामा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
सप्तकोशी नगरपालिका वडा नम्बर ४ तुलसी टोलस्थित कञ्चनपुर-फतेपुर सडक खण्डमा स.५प ३११८ र को. २२ प १५५८ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा दुबै दुवै मोटरसाइकल चालकको ज्यान गएको सप्तरी प्रहरीले जनाएको छ।
दुर्घटनामा परी कञ्चनरुप नगरपालिका वडा नं. ७ का सुभास बस्नेत र उदयपुरको चौदण्डीगढी नगरपालिका-९ भिमा टोलका २८ वर्षीय हरिशंकर चौधरीको मृत्यु भएको हो। दुवैको उपचारको क्रममा बिराटनगरमा मृत्यु भएको हो।
दुर्घटनामा मृतक बस्नेतकी पत्नी ममता सापकोटा, उनका ८ वर्षीय छोरा सम्मर बस्नेत, एक वर्षीया छोरी सिम्रिका बस्नेत घाइते भएका छन्। साथै चौधरीको मोटरसाइकलमा सवार सप्तरीको सप्तकोशी नगरपालिका वडा नम्बर ९ बस्ने ३५ वर्षीय रोहित चौधरी पनि घाइते भएको र उनीहरुको स्थानीय स्तरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।