धादिङ रुबी भ्यालीको पहिरोमा पुरिएकाहरु अझै भेटिएनन्

काठमाडौँ । धादिङको रुबी भ्याली गाउँपालिकामा बाटो खन्ने क्रममा पहिरोमा पुरिएर बेपत्ता भएकाहरुको अवस्था अझै अज्ञात छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको संयुक्त टोलीले खोजी जारी राखेका छन् ।
हिजो बिहान रुबी भ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा पहिरो खस्दा डोजरसहित तीन जना पुरिएका थिए ।

साँझसम्म खोज्दा नभेटिएपछि खोजी कार्य स्थगित गरिएको थियो । आज बिहानबाट पुनः खोजी कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएसपी जागेश्वर भण्डारीले जानकारी दिए ।

‘पहिरो खसेको ठाउँमा मेसिन औजार प्रयोग गर्न सकिने अवस्था छैन, मानिसले नै आफैं पहिरो पन्छाउनुपर्छ त्यसैले खोज्न कठिन भइरहेको छ’ डिएसपी भण्डारीले बताए ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×