१८ वर्षीय किशोरको हत्यामा संलग्न महिला पक्राउ 

काठमाडौं - अछाममा १८ वर्षीय किशोरको हत्या भएको घटनामा संलग्न रही फरार रहेको अभियोगमा एक महिलालाई काठमाडौंबाट बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अछाम पञ्चदेवल बिनायक नगरपालिका–८ घर भएकी ३० वर्षीया लक्ष्मी सुनार रहेकी छिन् ।  

पञ्चदेवल बिनायक नगरपालिका–८ बस्ने १८ वर्षीय दिपेन्द्र बहादुर शाहीको गत कात्तिक १७ गते बिहान हत्या गरी फरार रहेकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन काठमाडौंबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–१६ माछापोखरीबाट पक्राउ गरेको हो ।  

उनलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय अछाम पठाइएको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×