काठमाडौँ - पछिल्लो २४ घण्टामा नेपालमा १७७ जना नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १४४ जना र एन्टिजन परिक्षण गर्दा ३३ जना गरि जम्मा १७७ जना नयाँ संक्रमित थपिएका हुन्।
त्यस्तै, पछिल्लो २४ घण्टामा ४१ जना कोरोनामुक्त भएका छन्। योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.७ प्रतिशत रहेको छ। पछिल्लो २४ घण्टामा मृतकको संख्या शुन्य रहेको छ।
पछिल्लो २४ घण्टामा १८०५ जनाले पिसिआर र १३२१ जनाले एन्टीजेन परिक्षण गरेका थिए। हाल देशभर सक्रिय संक्रमितको संख्या बढेर ८७३ पुगेको छ।