भारत। केहि समयअघि बलिउड चलचित्र ‘बजरंगी भाइजान’को दोस्रो सिक्वल बन्ने घोषणा गरिएको थियो। हालै प्राप्त खबरका अनुसार चलचित्रको सिक्वलको नाम ‘पवन पुत्र भाइजान' राखिएको छ। चलचित्रको पहिलो सिक्वल करिब ६ वर्षअघि प्रदर्शनमा आएको थियो। कबीर खानले निर्देशन गरेको उक्त चलचित्रमा सलमान खान, करीना कपूर, हर्षाली मल्होत्रा र नवाजुद्दीन सिद्धिकी मुख्य भूमिकामा देखिएका थिए।
अहिले चलचित्रको स्क्रिप्टमा काम भइरहेको बताइएको छ। लेखक केवी विजेन्द्र प्रसादले स्क्रिप्टमा काम भइरहेको जनाएका हुन्।