काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
दुई नेताबीच प्रधानमन्त्री कार्यालय सिंहदरबार भेटवार्ता भएको हो।
उनीहरुबीच समसामयिक विषयमा कुरा भएको प्रधानमन्त्रीको सचिवालयले जनायो।
संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्याउने र सत्ता प्रतिपक्षको सम्बन्ध सुधारका विषयमा पनि दाहाल ओलीबीच कुराकानी भएको छ।