इलाम-२ मा ७९ मतदान स्थल र १४९ मतदान केन्द्र

काठमाडौं । निर्वाचन आयोगले इलाम–२ को प्रतिनिधिसभा र बझाङ–१ को प्रदेशसभा उपनिर्वाचनका लागि मतदानस्थल तोकेको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले इलाम–२ मा ७९ मतदान स्थल र १४९ मतदान केन्द्र रहने जानकारी दिएका छन् । निर्वाचन आयोगको बिहीबार बसेको बैठकले मतदान स्थल र मतदान केन्द्रहरुलाई अन्तिम रुप दिएको हो ।

यस्तै बझाङ–१ को प्रदेशसभा निर्वाचन क्षेत्रमा ७४ मतदान स्थल र ९३ मतदान केन्द्र तोकिएको छ । आयोगले अनुसार देशभर १० हजार ८९२ मतदान स्थल तोकेको हो ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×