काठमाडौँ - म्यानचेस्टर युनाइटेडका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई कार निकै मनपर्छ। विश्वका धनी खेलाडीमध्ये एक भएकाले रोनाल्डोसँग धेरै लक्जरी कार छन्। यी मध्ये एउटा बुगाटी भेयरोन कार दुर्घटना भएको छ। रिपोर्टका अनुसार यो कार सोमबार बिहान स्पेनको माजोर्का सहरको एउटा घरको प्रवेशद्वार अगाडि दुर्घटनाको शिकार भएको थियो।
रिपोर्टका अनुसार कारलाई रोनाल्डोका एक कर्मचारीले चलाइरहेका थिए उनले नियन्त्रण गुमाए जसले गर्दा दुर्घटना भएको हो। यस दुर्घटनाका कारण बुगाटी भेयरोनको अगाडिको भागमा क्षति पुगेको छ। दुर्घटनाले सुपरकारमा केही ठूलो क्षति पुर्याएको हुनसक्छ तर चालकलाई भने चोटपटक भने लागेको छैन।
यो कार दुर्घटना हुँदा रोनाल्डो कारमा उपस्थित थिएनन्। यो बुगाटी भेयरोनको मूल्य लगभग १.७ मिलियन पाउण्ड (२६ करोड रुपैयाँ) छ। रियाल मड्रिडका पूर्व फरवार्ड क्रिस्टियानो रोनाल्डो अहिले आफ्नो परिवारसँग स्पेनमा छुट्टी मनाउँदै छन्।
पोर्चुगलका क्रिस्टियानो रोनाल्डो व्यावसायिक फुटबलको इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्। रोनाल्डोले यो वर्ष फिफा रेकर्ड अनुसार कुल ८०५ गोल गरेर जोसेफ बीकनलाई पछि पारेका थिए। यति मात्र होइन, रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी पनि हुन्।