दुग्ध किसानको विद्रोह : ३० ठाउँमा चक्काजाम गर्ने

काठमाडौं । दुग्ध किसानका विभिन्न संघसंगठनले विद्रोह स्वरुप देशभरका ३० ठाउँमा चक्काजाम गर्ने भएका छन् । आगामी बिहीबार ललितपुरको चापागाउँ, तनहुँ, मुगलिन लगायत मुख्य राजमार्गको ३० स्थानमा चक्काजाम गर्ने भएका हुन् ।

दुग्ध किसानका विभिन्न संघसंगठनको नेतृत्वमा सो चक्काजाम गरिने केन्द्रीय दुग्ध सहकारी संघ लिमिडेटका महासचिव राम प्रसाद आचार्यले बताए ।

दुग्ध बक्यौताको रकम माग गर्दै देशभरका जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाइएको उनले बताए । संघको नेतृत्वमा मंगलबार ललितपुर जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाइएको छ ।

दुग्ध किसानका विभिन्न संघसंगठनले विगत करिब ५ महिनादेखि ६ अर्ब रकम भुक्तानी पाउन नसकेको दाबी गर्दै आएका छन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×