लिभरपुलको जितमा नुनेजको चार गोल

काठमाडौँ - जारी ‘ट्रान्सफर विन्डो’मा अनुबन्ध गरेका डर्विन नुनेजले ४ गोल गरेपछि लिभरपुलले गए राति जर्मन बुन्डेसलिगाको क्लब आरबी लाइपजिगलाई ५-० ले हराएको छ। जितपछि लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले नुनेजका लागि ‘महत्त्वपूर्ण रात’ सावित भएको बताएका छन्।

लिभरपुलले मोहम्मद सालाहको गोलबाट आठौँ मिनेटमा अग्रता लिएको थियो।

२२ वर्षीय नुनेजले सबै ४ गोल दोस्रो हाफमा गरेका थिए। उनले पहिलो गोल ४८औँ मिनेटमा पेनाल्टीमा गरेका थिए। ५१औँ मिनेटमा दोस्रो गोल गरेका नुनेजले ६८औँ मिनेटमा ह्याट्रिक गरेका थिए। उनले चौथो गोल ९०औँ मिनेटमा गरेका थिए।

नुनेज बेन्फिकाबाट ६ करोड ४० लाख पाउन्डमा लिभरपुलसँग अनुबन्ध भएका थिए। उनलाई लिभरपुल समर्थकहरूले नजिकबाट नियालिरहेका छन्। कतिपयले उनलाई अनुबन्ध गर्दा आलोचना पनि गरेका थिए।

लिभरपुलले आउँदो बुधबार सिजनपूर्वको अर्को खेलमा जर्मनीकै आरबी साल्जबर्गसँग प्रतिस्पर्धा गर्नेछ। त्यसपछि शनिबार वेम्बलीमा कम्युनिटी सिल्डका लागि लिग विजेता म्यानचेस्टर सिटीविरुद्ध खेल्नेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×