चिरञ्जीवी र सलमान स्टारर ‘गडफादर’को ट्रेलर रिलिज

काठमाडौँ - चिरञ्जीवी, सलमान खान र नयनतारा स्टारर दक्षिण भारतीय फिल्म ‘गडफादर’को ट्रेलर सार्वजनिक भएको छ।

पीकेआर नामका मुख्यमन्त्रीको मृत्युको सन्दर्भसँगै ट्रेलर सुरु हुन्छ र यो घटनाले उनका उत्तराधिकारीलाई प्रश्न गर्छ। अर्को दृश्यमा चिरञ्जीवीको पात्र ब्रम्हालाई प्रस्तुत गरिएको छ।

ब्रम्हा जोसँग ठूलो फ्यान फलोइङ त छ, तर राजनीतिक संसारमा उसका ठूला शत्रुहरु छन्। ट्रेलरको अन्त्यमा सलमान खानलाई प्रस्तुत गरिएको छ, जहाँ उनले चिरञ्जीवीको दाइको भूमिकामा अभिनय गरेका छन्।

गडफादर अक्टोबर ५ अर्थात् विजयादशमी टीकाको दिन रिलिज हुँदैछ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×