काठमाडौँ - इंग्लिस प्रिमियर लिगको बोर्डले अमेरिकी बिलिनियर्स टोड बोहलीको चेल्सी अधिग्रहणलाई अनुमोदन गरेको छ। बिलिनियर्स टोडले ४.२५ विलियन पाउण्डमा चेल्सी किनेका हुन्।
अब टोडको चेल्सी अधिग्रहणलाई बेलायत सरकारले अनुमोदन गर्नु पर्नेछ। बेलायत सरकारले अनुमोदन गरेपछि चेल्सी खरिद बिक्रीले पूर्णता पाउनेछ।
बेलायतमा बस्न प्रतिबन्ध लागेपछि चेल्सीका मालिक तथा रसियन अर्वपति रोमन अब्रामोविचले चेल्सी बेचेका हुन्। रोमनले २००४ मा चेल्सी किनेका थिए।