भैंसी-भीमफेदी र कान्तिलोकपथ अवरुद्ध

अविरल बर्षा पछि गएको पहिरोको कारण मकवानपुर को केही स्थानमा बाटो अवरोध भएको छ।

शनिबार दिउँसोदेखि परेको अविरल वर्षाको कारण कान्तिकोकपथ सडक र भैंसे भीमफेदि– काठमाण्डौको बाटो अवरोध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीका अनुसार मकवानपुर भिमफेदि गाउँपालिका- ८ कालोपहिरो, बकैया गाउँपालिका – १२ मानेघुम्ती, ठिंगनबजार, चौताराभिर, बकैया – ११ आहालेगाँउ, खोरभन्ज्याङ स्थित कान्तीलोकपथ सडकखण्डमा अविरल बर्षाको कारण सडकमा माथिबाट पहिरो आई बाटो पुर्णरुपमा अवरोध भएको हो।

त्यसैगरी मकवानपुरको भिमफेदि गाउँपालिका – ४ रातोमाटे स्थित भैंसे भिमफेदि काठमाण्डौ सडक खण्डमा अविरल वर्षाको कारण माथिबाट पहिरो खस्दा बाटो पुर्णरुपमा अवरोध भएको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×