साफ यू–१८ महिला च्याम्पियनसिपमा मंगलबार नेपाल र भारतबीचको खेल हुँदै

काठमाडौँ - साफ यू–१८ महिला च्याम्पियनसिपमा मंगलबार नेपाल र भारतबीचको खेल हुँदै छ। भारतको जमसेदपुरमा हुने  खेल नेपाली समयअनुसार सवा ७ बजे सुरु हुनेछ।

मंगलबारदेखि सुरु हुने यो प्रतियोगिता १० दिनसम्म चल्नेछ।  डबल राउण्ड रोबिनको फरम्याटमा हुने प्रतियोगिताको शीर्षस्थानमा रहने टोलीले उपाधि जित्नेछ। प्रतियोगितामा आयोजक भारत, नेपाल र बैगलादेशले भाग लिएका छन्। नेपालले बिहीबार बंगलादेशसँग खेल्नेछ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×