स्थानीय तहको निर्वाचनसम्म गठबन्धन सुरक्षीत रहेको प्रचण्डको दाबी

सुर्खेत - नेकपा (माओवादी केन्द्र) का केन्द्रीय पार्टी अध्यक्ष पुष्पकमल दाहल (प्रचण्ड)ले आउँदो स्थानीय तहको निर्वाचनसम्म गठबन्धन सुरक्षीत भएको बताएका छन्।

पार्टीको कर्णाली प्रदेश कमिटीको आयोजनामा हुन लागेको विशेष प्रशिक्षण कार्यक्रममा सहभागी हुन सुर्खेत पुगेका अध्यक्ष प्रचण्डले सुर्खेत विमान स्थालमा पत्रकारहरूसँग भेटघाट गर्ने क्रममा यस्तो प्रतिक्रिया दिएका हुन्। एमसीसी पास भएपछि गठबन्धनमा कुनै खटनपटन नभई झन निर्वाचनसम्म तथा अझै लामो समयसम्म पनि गठबन्धन जाने बाटो खुलेको जानकारी दिए। “सरकार सुरक्षीत भएको छ। देश दुर्घटनामा गएको भए धेरै चिज अप्ठ्यारोमा पर्न सक्ने जुन खतरा थियो त्यो खतरा अहिले टरेको छ।“ उनले भने, “हामी सबै नेपालीका लागि यो खुसीको कुरा हो। यो प्रष्टसँग राख्न चाहान्छु।“

अध्यक्ष प्रचण्डले माओवादी केन्द्र पार्टीले पार्टीलाई एकतावद्ध गर्दै निर्वाचान अभियानको कार्यक्रम तयार पारिएकोले हाल त्यसैको अभियानमा हिँडेको जानकारी दिए।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×