काठमाडौँ- स्पेनिस ला लिगामा एट्लेटिको मड्रिड पराजित भएको छ। सान मामेस ब्यारिया स्टेडियममा गएराति भएको खेलमा ऊ घरेलु टोली एथलेटिक क्लब बिल्वाओसँग २–० ले पराजित भएको हो।
खेलको आठौं मिनेटमा एट्लेटिकोका मारियो हर्मोसोले आत्मघाती गोल गरेपछि एथलेटिकले अग्रता लिएको थियो। ५६ औं मिनेटमा इनाकी विलियम्सले गोल गर्दै घरेलु टोलीलाई २–० को जित दिलाएका थिए ।
जितसँगै एथलेटिक ३४ खेलमा ५१ अंक जोडेर आठौं स्थानमा रहँदा पराजित एट्लेटिको समान खेलबाट ६१ अंकका साथ चौथो स्थानमा रहेको छ।