फेयर ब्रेकमा प्रभाव छाड्दै नेपालकी सीता राना मगर

 काठमाडौँ -  युएईको दुबईमा भइरहेको फेयरब्रेक इन्भिटेसनल क्रिकेट प्रतियोगितामा नेपाली राष्ट्रिय टिमकी अलराउण्डर सीता राना मगरले उत्कृष्ट प्रदर्शन गरिरहेकी छिन्।

नेपालबाट कप्तान रुविना क्षेत्री र सीता यस प्रतियोगितामा छानिएका थिए। तर सीताले लगातार तीन खेल खेल्दै दोस्रो पटक विकेट लिन सफल भइन्। रुविनाले भने एक खेलमा अवसर पाएपनि ब्याटिङ र बलिङ गर्न पाएकी छैनन्।

सीताले तीन खेल खेल्दा तीनवटै खेलमा बलिङ गरिन् भने दुई खेलमा विकेट लिइन्। खेलमा २ ओभर बलिङ गरेकी सीताले २४ रन खर्चेर १ विकेट लिइन्। उनले ८ रन बनाएकी लाउरा वलभार्डलाई एलबीडब्लु धरापमा पारिन्।

यद्यपि डिएन्ड्रा डोटनिको अविजित ५६ र काभिसा एभोडेजले ४३ रन बनाएपछि ब्रामी आर्मीले टोर्नोडाजलाई २५ बल अगावै ८ विकेटले हरायो। कप्तान हेथर नाइटले ९ बलमा अविजित २० रन जोडिन्।

त्यसअघि टोर्नाडोजका लागि कप्तान स्टेफानी टेलरले अविजित ७८ र सुने लुसले अविजित ६६ रन बनाएका। यी दुईले अविजित १४५ रनको साझेदारी गरेपछि टोर्नोडाजले २ विकेट गुमाएर १५० रन बनाएको थिए।

सीताले पहिलो खेलमै साफिर्स विरुद्ध अवसर पाउदा १ विकेट लिएकी थिइन्। वारियर्स विरुद्धको खेलमा भने उनले विकेट लिन सकिनन्।

डेढ दशकदेखि क्रिकेट खेल्न थालेकी सीताले पहिलो पटक विदेशमा गएर प्रतियोगिता खेलिरहेकी छिन्।

उनले सुरुमा पहिलो खेलमा मैदान प्रवेश गर्दा नर्भस भएको बताइन्। उनले जर्सीमा नेपालको झण्डा राखेपछि नेपाललाई प्रतिनिधित्व गर्न पाउँदा खुशी लागेको बताएकी छिन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×