‘बन्धन’ बोलको म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ - बडादिन क्रीष्टमस नजिकिदै गर्दा सुसमचारमा आधारित क्रीष्टमस भजन गीतहरुको म्युजिक भिडियो  सार्वजनिक हुने क्रम जारी छ। यसैक्रममा नेपाली लोक संस्कृती झल्किने लोकलयमा आधारित ‘बन्धन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

यस आशिषमय भजन गीतमा येशू क्रीष्टको जन्म र उहा संसारमा किन जन्म लिनु भयो भन्ने कुरालाई सुन्दर तरिकाले भजन गीत मार्फत प्रस्तुत गरिएको छ। राजु सुन्दास र समिता सुन्दासको प्रस्तुति रहेको यस गीतमा गायक प्रताप दास र मेलिना राईको स्वर रहेको छ। दान आचार्यको शब्द रहेको यस गीतलाई लोकप्रिय संगीतकार सुवास भुषालले संगीतवद्द गरेका हुन्। गीतमा पुरुसोत्तम सुवेदीको संगीत संयोजन रहेको छ।

म्युजिक भिडियोमा सुधिर श्रेष्ठ र करिश्मा ढकाल फिचर्ड रहेका छन्। मन कृष्ण महर्जनले छायांकन गरेको यस भिडियोलाई बन्दे प्रसादले सम्पादन गरेका हुन्। रामजी लामिछानेको कोरियोग्राफी र निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो ‘राजु सुन्दास अफिसिएल’ च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×