काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१।८२ को वार्षिक मौद्रिक नीति भोलि शुक्रबार ल्याउने तयारी गरेको छ।
‘भोलिलाई सञ्चालक समिति ९बोर्ड० बैठक डाकिएको छ, बैठकले पारित गरेसँगै मौद्रिक नीति सार्वजनिक हुनेछ’, स्रोतले भन्यो, ‘अब कुनै बाधाअड्चन नआएमा वा त्यस्तो कुनै परिस्थिति सिर्जना नभएमा मौद्रिक नीति भोलि नै आउँछ।’
स्रोतका अनुसार मौद्रिक नीतिका लागि अन्य तयारी सम्पन्न भएको र शुक्रबार बस्ने राष्ट्र बैङ्क सञ्चालक समितिको बैठकले तय गर्ने छ ।
गत शुक्रबार आउने चर्चा भए पनि सो दिन मौद्रिक नीति सार्वजनिक हुनसकेन । मौद्रिक नीति अघिल्लो वर्ष साउन ७ गते सार्वजनिक भएको थियो ।
मौद्रिक नीतिले बैंकहरूमा थुप्रिएको निक्षेपलाई कर्जा लगानीका रूपमा विस्तार गर्न पनि उत्तिकै खाँचो छ । राष्ट्र बैंक र अर्थमन्त्रीबीच मतैक्य भए अर्थतन्त्रका धेरै समस्या हल हुन सक्छन् । अर्थमन्त्रीमा विष्णु पौडेल आएपछि धेरैले आशा र अपेक्षा गरेका छन् । अर्थमन्त्रीमा पौडेल आएपछि सेयर बजारमा सकारात्मक संकेत देखिन थालेका छन् ।
६० लाख सेयर सदस्य रहेको पुँजी बजारका ग्राहकहरूले तीन वर्षदेखि ‘बुलिस ट्रेन्ड’मा रहेको नेप्से ‘बुल’मा फर्केला भन्ने आशा गरेका छन् । उद्यमी व्यापारी देशमा रहेको आर्थिक मन्दी हट्ला भन्ने अपेक्षामा छन् ।
मौद्रिक नीतिले मुद्रा प्रदाय, कर्जा र ब्याजदरको व्यवस्थापनमार्फत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक वृद्धि तथा रोजगारी सिर्जनामा सहयोग पुर्याउने उद्देश्य राखेको हुन्छ ।