जिम्बाबेसँग नेपाल पराजित

काठमाडौँ -  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १३७ रनको लक्ष्य जिम्बाबेले २६ ओभरमा सात विकेट गुमाएर पूरा गरेको हो।  प्रारम्भिक ब्याटर कैला अभिजित रहे।

नेपालका लागि सन्दीप लामिछाने र करण केसीले दुई-दुई तथा सोमपाल कामी र सागर ढकालले एक-एक विकेट लिएका थिए।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ३१.३ ओभरमा सबै विकेट गुमाएर १३६ रन बनाएको थियो। नेपालका लागि सोमपाल कामीले ३०, करण केसीले २५, कुशल भुर्तेलले १९ र दीपेन्द्रसिंह ऐरीले १८ रन बनाएका थिए। अन्य खेलाडीले दोहोरो अङ्क पनि जोड्न सकेनन्।

जिम्बाबेका लागि ब्राड इभान्स्‌ले चार, भिक्टर नेउची, ब्रान्डन मवुता र सेफास जुवाओले दुई-दुई विकेट लिए।

एकदिवसीय श्रृङ्खलाको दोस्रो खेल शनिबार बिहान ९ः३० बजे हुनेछ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×