मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु 

कैलाली - गौरीगंगा नगरपालिका–२ झिलस्थित सडकमा भे.७ प ५३८१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–२ कटान बस्ने ७३ वर्षीया पावनी देवी साउदको शुक्रबार बिहान मृत्यु भएको छ । 

ठक्करबाट गम्भीर घाइते भएकी उनको निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×