चार उम्मेदवारविरुद्ध उजुरी

विराटनगर - मुख्य निर्वाचन कार्यालय विराटनगरमा महानगरका चार उम्मेदवारविरुद्ध उजुरी परेको छ। यसरी उजुरी पर्ने उम्मेदवारमा नेकपा (एमाले)का महानगर उपप्रमुख उम्मेदवार शिल्पा निराला कार्की, वडा नं ८ नेकांबाट दलित महिला सदस्य ससिता सहनी, वडा नं १३ एमाले महिला सदस्य गौरीदेव र वडा नं ८ जनमत पार्टीबाट महिला सदस्य गीता मुखिया रहेको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए।

उजुरी परेकामध्ये तीन जनाले सफाइसम्बन्धी कागजात पेश गर्नुभएको छ भने उपप्रमुख उम्मेदवार कार्कीले आज साँझ ४ बजेसम्म सम्पर्कमा नआएको कार्यालयले जनाएको छ। कार्यालयले आज र बिहीबार मनोनयन पत्र जाँच र उजुरी जाँचबुझ गरी निर्णय गर्ने छ।
    
यसैगरी कार्यालयले आज उम्मेदवारको प्रारम्भिक नामावली  प्रकाशन गरेको छ भने बिहीबार ५ बजे स्वीकृत नामावली प्रकाशन गर्ने सूचना अधिकारी बुढाथोकीले बताए। वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र साँझ ५ बजेदेखि ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×