सुनौलो रंगको कछुवासहित पक्राउ

काठमाडौँ -  सुनौलो रंगको कछुवा सहित युवक पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका–७ चावहिलस्थित खोटाङ हलेसी गेष्ठ हाउसबाट १ थान सुनौलो रंगको कछुवासहित काठमाडौं शंखरापुर साखु बस्ने कीर्तिपुर नगरपालिका–८ घर भएका २३ वर्षीय आशिष थापा घर्तीलाई प्रहरीले पक्राउ गरेको हो।

दुर्लभ वन्यजन्तु खैरो रंगको कछुवा अबैध रुपमा बिक्री तथा ओसारपसार गरी ल्याई नगद २० लाख रुपैयाँमा कारोबार हुँदै छ भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा घर्तीको साथमा रहेको झोलाबाट उक्त कछुवा फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ।

उनलाई आवश्यक कारबाहीको लागि जिल्ला बन कार्यालय हात्तिसार काठमाडौं पठाइएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×