'अब मनकारी सहयोग दाताहरूको हातमा नै मेरी बहिनीको जीवन अडेको छ'

काठमाडौँ - म्याग्दीको बेनी नगरपालिका–२ की क्यान्सर पीडित ३२ वर्षीया मीना विक विगत दुई वर्षदेखि विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा घाँटीको क्यान्सर रोगको उपचार गराइरहेकी छन्।

उपचारका क्रममा भएको सम्पत्ति सबै सकिएपछि हाल आर्थिक अभाव उत्पन्न भएको छ। उपचारमा आर्थिक अभाव भएपछि अहिले उनी जीवन र मृत्युको दोसाँधमा छट्पटाइरहेकी छन् भने उनका परिवारले उपचारका लागि मनकारी व्यक्ति र सङ्घसंस्थाहरूसँग सहयोगको याचना गरिरहेका छन्। बिरामी मीना पीडाले छट्पटाउँदै ओछ्यानमा सुतिरहेकी छन्। उपचार पाएर सुतिरहेको अस्पतालको शय्याबाट उनी उठ्न सक्ने नसक्ने आर्थिक स्थिति कमजोर भएका कारण भन्न सकिने अवस्था छैन। 

उपचारकै क्रममा दुई वर्षको अवधिमा करिब रु. ३० लाख खर्च भइसकेको र थप उपचारका लागि अझै रु. २५ लाखभन्दा बढी रकम आवश्यक पर्ने र सो रकमको जोहो गर्न चिकित्सकले बताएपछि समस्या उत्पन्न भएको पीडित मीनाका दाजु विनोद विश्वकर्माले जानकारी दिए। उनले भने, “भएको सम्पत्ति सबै उपचारका क्रममा सकियो, अब हामीसँग केही छैन, घरको अवस्था अत्यन्त नाजुक छ, अब मनकारी सहयोग दाताहरूको हातमा नै मेरी बहिनीको जीवन अडेको छ।” उनले स्वदेश तथा विदेशमा रहेका मनकारी व्यक्तिहरू, म्याग्देली सङ्घसंस्थाहरू र परोपकारका क्षेत्रमा कार्यरत निकायहरूसँग सहयोगको अपिल गरेका छन्।

उनको उपचारका लागि सहयोग गर्न चाहने व्यक्तिहरूले एनसिसी बैंकमा भिनाजु यमप्रसाद विश्वकर्माका नाममा रहेको खाता नै ११८००००००५७० वि मा सहयोग रकम जम्मा गर्न सकिने परिवारजनले जनाएका छन्। त्यसैगरी, ज्यामरुककोट सेवा समाजले पनि उनको उपचारका लागि आर्थिक सहयोगको आह्वान गरेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×