निमोनिया संक्रमणका कारण पत्रकार पकुवालको निधन

काठमाडौँ - झापाको भद्रपुर निवासी पत्रकार माया पकुवालको ५४ वर्षको उमेरमा आज बिहान निधन भएको छ। 

रुघाखोकी र निमोनिया सङ्क्रमणले सताएपछि उनी १० दिनअघि भद्रपुरस्थित ओमसाइ पाथीभरा अस्पतालमा उपचारका लागि भर्ना भएकी थिइन्। उपचारकै क्रममा उनको आज सोमबार बिहानीपख निधन भएको हो। भद्रपुरबाट प्रकाशित हुने बरुण साप्ताहिककी सम्पादक पकुवालका श्रीमान् र दुई छोरी रहेका छन्।

पकुवालको निधनप्रति दुःख व्यक्त गर्दै नेपाल पत्रकार महासङ्घ झापाले शोक विज्ञप्ति जारी गरी लामो समय मिर्गौलाको समस्यासँग जुध्दै आएकी पकुवालको निधनले झापाली पत्रकारिता क्षेत्रले एक अग्रज पत्रकार गुमाएको बताएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×