नापोलीविरुद्ध लिभरपुलको फराकिलो हार

काठमाडाैँ - युइएफए च्याम्पियन्स लिगको उपाधि दाबेदार मानिएको लिभरपुल आफ्नो पहिलो खेलमा लज्जास्पद हारको सिकार भएको छ। बुधबार राति भएको को आफ्नो पहिलो खेलमा लिभरपुल घरेलु टोली नेपोलीसँग ४-१ को फराकिलो हार भोग्न बाध्य भएको हो।

लिभरपुलविरुद्ध घरेलु टोलीको जितमा पिओटर जिलेन्स्कीले २ तथा आन्द्रे फ्रान्क जाम्वो एनगुइसा र जियोभानी सिमिओनले समान १-१ गोल गरेका थिए। लिभरपुलका लुइस डियासले १ गोल फर्काएपनि टिमको हार टार्न पर्याप्त भएन।

पाँचौँ मिनेटमा पिओटर जिलेन्स्कीले पेनाल्टीमा गोल गर्दै नापोलीले सुरुवाती अग्रता लिएको थियो। १८औँ मिनेटमा भिक्टर ओसिमहेमले पुन:पेनल्टीको अवसर खेर फालेका थिए। तर ३१औँ मिनेटमा आन्द्रे फ्रान्क जाम्वो एनगुइसाले गोल गर्दै नेपोलीको अग्रता दोब्बर बनाए। ४४औँ मिनेटमा जियोभानी सिमिओनले गोल गर्दा पहिलो हाफमानै लिभरपुल ३-० ले पछि परेको थियो।

दोस्रो हाफमा पनि सोही लयलाई कायम राख्दै ४७औँ मिनेटमा पिओटर जिलेन्स्कीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल संभव बनाएका थिए। तर ४९औँ मिनेटमा लुइस डियासले गोल गर्दै टोलीलाई खेलमा फर्काउने संकेत गरेपनि त्यसपछि थप गोल हुन सकेन।

यो जितसँगै नापोलीले ३ अंक जोड्दा लिभरपुलले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×