युक्रेनको राजधानी किएभमाबाट म्याग्दीका तीनजनाको उद्धार

म्याग्दी- युक्रेनबाट म्याग्दीका तीनजनाको उद्धार गरिएको छ। रूस र युक्रेनबीचको युद्ध चर्किंदै गएपछि युक्रेनको राजधानी किएभमा रहेका तीन म्याग्देलीको उद्धार गरी पोल्याण्ड लगिएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले जनाएको छ।

समाजका अध्यक्ष सुसन परियारले दिएको जानकारी अनुसार मालिका गाउँपालिका–६ दिच्यामका अमृत पटेल, मालिका-७ बिमका तिलक सुनार र बेनी नगरपालिका-३ भकिम्लीका नारायण पुनको उद्धार गरिएको हो।

उनीहरुलाई पोल्याण्डमा रहेका नेपाली संघ संस्थामार्फत उद्धार गरिएको हो। अध्यक्ष परियारका अनुसार दिच्यामका पटेल र बिमका सुनार गन्तब्यमा पुगिसकेको भए पनि भकिम्लीका पुन पोल्याण्डको सीमा क्षेत्रमा नै रहेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×