मोरङ - प्रहरीले एक बालिकालाई बलात्कार गरोको आरोपमा एकजनालाई पक्राउ गरेको छ। मोरङको सुन्दरहरैंचा नगरपालिका -५बाट उक्त व्यक्तिलाई १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बुधबार साँझ पक्राउ गरेको हो।
पक्राउ पर्ने व्यक्ति ५३ वर्षीय रामदेव चौधरी रहेको प्रहरीले बताएको छ। प्रहरीका अनुसार चौधरीले बालिकालाई बुधबार साँझ ५:३० बजेतिर बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनले ललाइफकाइ घरनजिकको बाँसघारीमा लगेर बलात्कार गरेको खुलेपछि प्रहरीले चौधरीलाई पक्राउ गरेको हो।
घटनाको बारेमा थप अनुसन्धान अघि बढाएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ। उनलाई सोही प्रहरी कार्यालयको हिरासतमा अनुसन्धानका लागि राखिएको छ।