काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सरकारका विभिन्न मन्त्रालयका सचिवहरूको ब्रिफिङ सिंहदरबारमा सुरु भएको छ ।
बैठकमा प्रधानमन्त्री ओलीले सरकारका विभिन्न मन्त्रालयहरूको कार्यप्रगति र योजनाहरूबारे जानकारी लिने बताइएको छ । उक्त ब्रिफिङ कार्यक्रम सिंहदरबारमा सुरु भएको छ ।
मन्त्रालय अन्तर्गत कार्य प्रगति र भावी योजनाबारे प्रधानमन्त्री ओलीले ब्रिफिङ लिन लागेका हुन् ।
प्रधानमन्त्री ओलीले सरकार गठन भएपछि पहिलोपटक उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेलसहित सबै मन्त्री तथा सचिव र योजना आयोगका पदाधिकारीहरूलाई निर्देशन दिन लागेको सिंहदरबारस्थित प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा उपप्रधानमन्त्रीहरु, मन्त्रीहरू, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, आर्थिक मामिला सल्लाहकार, योजना आयोगका पदाधिकारी, मुख्यसचिव, सबै सचिवहरु सहभागी छन् ।
चौथो पटक प्रधानमन्त्री बनेका प्रधानमन्त्री ओली द्रततर विकासको योजनामा छन् । संसदका ठूला दल नेपाली कांग्रेस र एमाले मिलेर बनेको सरकारमा उनी २ वर्षका लागि प्रधानमन्त्री हुने गरिको सहमति छ ।