एमाले कर्णालीको अध्यक्षका लागि चार जनाको उम्मेदवारी दर्ता

काठमाडौँ - नेकपा एमाले कर्णाली प्रदेश अध्यक्षका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ । आज (शुक्रबार) जारी मनोनयन दर्तामा प्रदेश अध्यक्षमा हालसम्म चार जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

निर्वाचन अधिकृत मातृका खनालका अनुसार अध्यक्षमा गुलावजंग शाह, मीन बहादुर शाही, राजबहादुर शाही र प्रेमबहादुर सिंहले उम्मेदवारी दर्ता गराएका हुन् । एमाले कर्णाली प्रदेशको नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ता जारी रहेको छ । नयाँ नेतृत्वमा सर्वसम्मति नभएपछि निर्वाचन हुन लागेको हो । एमाले कर्णाली अधिवेशनले १३५ सदस्यीय कमिटी निर्वाचित गर्नेछन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×