पूर्वसांसद लक्ष्मीदास मानन्धरको निधन

काठमाडौँ-  पूर्वसांसद लक्ष्मीदास मानन्धरको निधन भएको छ । साल्ट ट्रेडिङ लिमिटेडका अध्यक्षसमेत रहेका उनको ९४ वर्षको उमेरमा बिहीबार राति निधन भएको हो । 

राति सुत्न लागेका बेला वान्ता भएपछि मानन्धरलाई उपचारका लागि ह्याम्स अस्पताल धूम्बाराही लगिएको थियो । अस्पताल पुर्याएको केही बेरमा चिकित्सकले उनलाई मृत घोषणा गरेको लिमिटेडका प्रवक्ता ब्रजेश झाले जानकारी दिए । विसं २०२० भदौ २० गते लिमिटेडको स्थापना हुँदा उनी संस्थापक सञ्चालकका रुपमा रहेका थिए ।

लिमिटेडको संस्थापक सञ्चालकमध्ये बिहीबारसम्म उनी एक जना मात्र जीवित थिए । लिमिटेडको स्थापना हुनुअघिदेखि नै मानन्धरले नुनको व्यापार गर्दै आएका थिए । नेपालमा नुनको व्यापार व्यवस्थित गर्न सरकारले लिमिटेडको स्थापना गरेपछि उनी त्यसको संस्थापक सञ्चालक बनेका हुन् । व्यवसायका साथै उनी नेकपा (एमाले) को राजनीतिमा पनि सक्रिय थिए। मानन्धरले नेपाल भाषाको सम्वद्र्धनमा पनि काम गरेका थिए । 

मानन्धरको आजै विष्णुमती किनारस्थित इन्द्रायणी मन्दिर परिसरमा धार्मिक विधिअनुसार अन्त्येष्टि गरिने बताइएको छ । अन्त्येष्टि अघि ठहिटीस्थित उहाँको निवासबाट शवयात्रा गरिने छ । मानन्धरका दुई छोरा र दुई छोरी छन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×