अस्ट्रेलियाले एक खेल अगावै जित्यो श्रीलंकाविरुद्धको टी–२० सिरिज

काठमाडौँ - घरेलु टोली श्रीलंकाविरुद्धको टी-२० सिरिज अस्ट्रेलियाले एक खेल अगावै आफ्नो पक्षमा पारेको छ। गएराति भएको दोस्रो खेलमा श्रीलंकालाई ३ विकेटले हराउँदै अस्ट्रेलियाले एक खेल अगावै सिरिज २-० ले जितेको हो।

दोस्रो खेलमा श्रीलंकाले दिएको १२५ रनको सामान्य लक्ष्य अस्ट्रेलियाले ले १७.५ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो। उसका लागि म्याथ्यू वेडले अविजित २६, कप्तान आरोन फिन्चले २४, डेविड वार्नरले २१, ग्लेन म्याक्सवेलले १९ र मिचेल मार्शले ११ रन बनाएका थिए। 

श्रीलंकाका लागि वानिन्दु हसरंगाले चार, नुवान तुषार र दुश्मन्था चामेराले १/१ विकेट लिएका थिए। त्यसअघि कोलम्बोस्थित आर प्रेमदास स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२४ रन बनाएको थियो। उसका लागि चारिथ असलंकाले ३९ र कुशल मेन्डिसले ३६ रन बनाएका थिए।

अस्ट्रेलियाका लागि केन रिचर्डसनले सर्वाधिक चार, झय रिचडर्सनले ३ र ग्लेन म्याक्सवेलले १ विकेट लिएका थिए। श्रीलंका र अस्ट्रेलियालेबीचको तेस्रो तथा अन्तिम टी–२० शनिबार हुनेछ। पहिलो खेलमा अस्ट्रेलिया १० विकेटले विजयी भएको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×