सुर्खेत - भिरबाट लडेर हुम्ला र रुकुम पश्चिममा गरी दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा हुम्ला ताजाकोट गाउँपालिका–४ का कर्ण ढकाल र मुसिकोट नगरपालिका–१२ नयाँ गाउँका ५५ वर्षीय कालीबहादुर खत्री रहेका छन्।
ढकाल सोही गाउँको पुनलोटे भिरमा घाँस काट्न गएको थिए। उनको सोही भिरबाट लडी भिरमै अड्किएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ।
खत्रीको सोलाबाङ बजारबाट घरतर्फ जाने क्रममा बादुरे मान्छे बस्ने डाँडा गोरेटो बाटोबाट लडेर मृत्यु भएको हो। उनी २ सय मिटर तल खसेका थिए।