मलद्वारभित्र लुकाएको एक किलो ५५ ग्राम सुन,५ थान आईफोन र १३ प्रो म्याक्स मोबाइलसहित ३ जना पक्राउ

काठमाडौँ- भन्सार छलेर अवैधरूपमा ल्याइएको एक किलो एक सय ५५ ग्राम सुन र ५ थान आईफोन १३ प्रो म्याक्स मोबाइलसहित तीन जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-३ का ३९ वर्षीय दावाछिरिङ शेर्पा, रौतहट गौर नगरपालिका-१० सोबगाढाका ३२ वर्षीय सुनिलकुमार साह र मकवानपुर मनहरी गाउँपालिका-७ का २८ वर्षीय नवराज परियार रहेका छन्। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट बुधबार प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। एयर अरेबियाको उडानद्वारा सारजाहबाट आएका दावा छिरिङ शेर्पालाई मलद्वारभित्र लुकाएको एक किलो ५५ ग्राम तौल बराबरको ३ थान अर्धठोस सुन, हिमालयन एयरलाइन्सद्वारा दुबईबाट आएका सुनिलकुमार साहलाई ५० ग्राम बराबरको एक थान बेरुवा औँठी तथा एक थान सिक्री र चार थान आईफोन र दुबईबाटै सोही एयरलाइन्समा आएका नवराज परियारलाई ५० ग्राम बराबरको दुई थान बेरुवा औंठी र एक थान आईफोनसहित प्रहरीले फेला पारी पक्राउ गरेको हो।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×