रेणुकालाई भेट्न खेलकुद मन्त्री अथक अस्पतालमा

काठमाडौँ - युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक)ले राष्ट्रिय फुटबल टिमकी कप्तान रेणुका नगरकोटीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

१९औं एसियाली खेलकुद प्रशिक्षणका क्रममा घाईते भएकी नगरकोटीलाई भेट्न बिहीबार बिहान बीएण्डबी अस्पताल पुगेका मन्त्री गहतराजले पछिल्लो स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका हुन्।

प्रशिक्षणका क्रममा दुःखद् घटना भएको भन्दै मन्त्री अथकले नगरकोटीलाई छिट्टै मैदानमा फर्केको हेर्न चाहेको बताएका छन्। यस्तै, घाइतेको उपचारमा कुनै कमी हुन नदिने प्रतिबद्धता समेत जनाएका छन्।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आयोजना गरेको बन्द प्रशिक्षणका क्रममा घाइते भएकी रेणुकाको क्यारिकलबोन (ब्युटी बोन) भाँच्चिएको थियो। मंगलबार साँझ उनको शल्यक्रिया भएको थियो। उनलाई केही दिनमै डिस्चार्ज गर्ने तयारी गरिएको अस्पताल प्रशासनले जनाएको छ। 

शल्यक्रियासँगै रेणुका करिब १० साता मैदान बाहिर हुने छिन्। यस्तै, रेणुकाले घरेलु मैदानमा हुने महिला साफ च्याम्पियनसिप समेत गुमाउने छिन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×